सातादेखि समुद्री तटमा फसेका रोहघिन्या र बंगलादेशी आप्रवासीहरुको उद्धार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७२, बिहीबार १०:४०

एजेन्सी । इन्डोनेशियाका माझीहरुले थाइल्याण्डको विभिन्न समुद्री तटमा एक सातादेखि फसेका रोहघिन्या र बंगलादेशी आप्रवासीहरुको उद्धार गरेका छन् । इन्डोनेशियाको अन्दामान समुद्र तटबाट चार सय भन्दा बढि आप्रवासीको उद्धार गरिएको हो । यसअघि ,मलेशियाको क्वालालामपुरमा बसेको तीन देशको आपतकालिन बैठकले समुद्रमा फसेकालाई तत्काल उद्धार गर्ने निर्णय गरे अनुसार उनीहरुको उद्धार गरिएको बीबीसीले जनाएको छ । थाइल्याण्ड, मलेशिया र इन्डोनेशियाका विदेशमन्त्रिहरुबीच मानविय संकट समाधान गर्न बसेको बैठकमा आप्रवासीका लागि अस्थायि वसोबास उपलब्ध गराउने सहमत समेत भएको ।

aaaछलफलपछि मलेशियाको परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तीमा समुद्रमा फसेकाहरुको उद्धार गरी मानवीय सहायता उपलब्ध गराउन सहमत भएको उल्लेख गरिएको छ । परराष्ट्रमन्त्री अनिफा अमनले ७ हजार आप्रवासीलाई मानवीय सहायता आवश्यक रहेको बताउनुभएको छ । तस्करहरुले ठूलो संख्यामा आप्रवासीहरुलाई थाइल्याण्ड र मलेसियामा विभिन्न कामको प्रलोभन देखाउदै लैजाने गरेका छन् । विगत ३ बर्षमा १ लाख २० हजार रोहघिन्या मुस्लिम समुदायका आप्रवासीलाई तस्करहरुले कामका लागि लगेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१