फाइनलमा बैंग्लोरले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७२, बिहीबार १०:३७

एजेन्सी । रोयल च्यालेन्जर्स बैंग्लोरले आइपीएल क्रिकेटको फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । इलिमिनेटर राउण्डमा राजस्थान रोयल्सलाई ७१ रनले पराजित गरेपछि बैंग्लोरले फाइनल प्रवेशका लागि खेल्न पाउने भएको हो । उक्त खेल भोलि हुनेछ । चेन्नईलाई हराएको मुम्वई इण्डियन्स भने फाइनल पुगिसकेको छ ।

banगएराति बैंग्लोरले १ सय ८१ रनको लक्ष्य पाएको राजस्थानलाई १ सय ९ रनमा अलआउट गर्‍यो । राजस्थानका अजिन्क्या रहानेले ४१ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । यसअघि टस जितेर व्याटिङ गरेको बैग्लोरले एबीडी भिलियर्स र मन्दिप सिंहको अर्धशतकमा १ सय ८० रनको योगफल बनाएको थियो । क्रिस गेयलले २७ तथा विराट कोहलीले १२ रन बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१