जन्मियो दुई मुख भएको अनौठो बच्चा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७१, सोमबार ०६:२४

अस्ट्रेलिया,प्रकृतिको देन भनौं कि चमत्कार । अष्ट्रेलियामा एक महिलाले दुई मुख भएको बच्चालाई जन्म दिएकी छन् । घटना सिड्नी अस्पतालको हो । तस्वीरमा तपाई देख्न सक्नुहुन्छ, बच्चीको शरीर एक छ । तर, मुख र दिमाग दुई वटा । डाक्टरहरुका अनुसार नवजात शिशुको दिमाग बाहेक सबै अंग एक छ । बच्चाको जन्म निर्धारित समयभन्दा ६ साता पहिले नै सर्जरीको माध्यमबाट भएको छ । आमा-बाबुले बच्चाको नाम फेथ र होप राखेका छन् । अल्ट्राउन्डका माध्यमबाट डाक्टरहरुले सिमन होवी र रेनी यङलाई बच्चाको दुई वटा अनुहार रहेको बताए थिए । डाक्टरले रेनीलाई एबर्शन गर्न सल्लाह समेत दिएका थिए । तर, रेनी र उनका पतिले बच्चालाई जन्म दिने निर्णय गरे । सिमन होवी भन्छन्- दुबैले राम्ररी सास लिएका छन् ।The-baby-with-two-faces दुध पिउन पनि कुनै समस्या छैन ।’ शरीर एउटै भएपनि आमाबाबुले भने ट्वीन भनेर बोलाएका छन् । उनले भने-’उनीहरु हाम्रा छोरी हुन् । हामी निकै माया गर्छौं ।’ डाक्टरले यस्तो शिशु धेरै नबाँच्ने बताएका छन् । अहिलेसम्म केडिकल इतिहासमा यस्ता ३५ घटना भएका छन जसमा कोही पनि बाच्न सफल भएका छैनन् । तर, आमाबाबु भने उनीहरुको नामजस्तै आशा र भरोसामा छन् । यो जोडीले यसअघि नै ७ वटा बच्चा जन्माइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१