बाढीका कारण पूर्वको जनजीवन कष्टकर,पूर्वका केही जिल्लाहरु डुवानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार १७:०१

सुनसरी,६ जेठ । मंगलबार रातिको अबिरल बर्षा सगै आएको बाढीका कारण पूर्वको जनजीवनलाई कष्टकर बनाएको छ । भूकम्प पछि सामान्य बन्दै भएको पूर्वको जनजीवन मंगलबार राति परेको बर्षाले थप प्रभावित बनेको हो । केही दिन देखि पूर्वमा जारी वर्षासंग मंगलबार रातभर भएको अविरल वर्षाका कारण पूर्वका केही जिल्लाहरु डुवानमा परेका छन । सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरुका बजार तथा बस्ती डुवान बनेका छन । पूर्वी पहाडी जिल्लाहरुमा समेत बर्षा भएपछि तराईका खोलाहरुमा बाढी आएको हो । बाढी बस्ती र बजार प्रबेश गरेपछि मानिसहरुको जनजिवन थप कष्टकर बनेको छ ।

sunsariभूकम्प अझै आउने डर र त्रासका कारण मानिषहरु घर बाहिरै बस्ने गरेका कारण पनि बर्षाले थप समस्या बनाएको छ । बाढीले बस्तीका घर घरमा पानि पसेपछि रातभर मानिसहरु सुत्न सकेनन । कतिपय मानिसहरुको घरका लत्ताकपडामा समेत पानीले क्षति पु¥याएको छ । सुनसरीको इटहरी स्थित टेग्रा खोलामा आएको बाढी बस्ती, बजार तथा सडकमा पसेको थियो । टेग्रा खोलाको बाढीले इटहरी उपमाहनगरपालिकाका केही वार्डहरु पुरै डुबेको छ । बाढीले पसल, फर्निचर तथा बिभिन्न उद्योगहरु प्रभाबित बनाएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले इटहरीका केही स्थानका सडक काटेको छ । बस्ती बिचबाट बाढी पसेपछि घर तथा सडक हिलाम्य बनेका छन । बर्षाले सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा लगाएको लाखौ बराबरको तरकारी खेतीलाई समेत क्षति पु¥याएको छ । अबिरल बर्षा पछि पूर्वको अधिकाशं खोलाहरुमा बाढी आएको छ । बाढीका कारण खोला आसपासका जमिन कटान हुन थालेको स्थानीयवासीले जानकारी दिएका छन । सुनसरी मोरङ सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले बुढी जमुना मुक्ति घाटको केही जमिन कटान गरेको बताइएको छ । बर्षा पछि आएको बाढीले सुनसरी मोरङ औद्योगीक करिडोरका अधिकांश उघोगमा पानी जमेको छ । यस्तै सप्तकोशी नदीमा पनि पानीको सतह बढेको छ । कोशी ब्यारेज प्रहरीले दिएको जानकारी अनुसार कोशीमा गए राति देखि एक्कासि पानीको सतह बढेको हो । बिहान ६ बजे कोशी नदीको पानीको बहाव ४१ हजार ७ सय ६५ क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१