काठमाडौं, ६ जेठ । काठमाडौंमा फेरी भूकम्पको अर्को पराकम्पन गएको छ । २ बजेर ४७ मिनेट जाँदा काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरको सीमालाई केन्द्र विन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । वैशाख १२ गते गएको भूकम्प पछि त्यसको पराकम्पन जाने क्रम अझै रोकिएको छैन । बुधबार बिहान ११ः१० बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्कापछि राजधानीका बासिन्दा सडक र खुला चौरमा निस्केका छन् । कार्यालय र घरबाट आत्तिँदै मानिसहरु खुला स्थानमा निस्केका हुन् । केन्द्रले पराकम्पनको क्रम बिस्तारै पातलिदै गएको भन्दै कसैको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ । सरकारले भने यसअघि नै नचर्किएका घरमा बस्न आग्रह गर्दै सामान्य जनजीवनमा फर्किन आग्रह गरिसकेको छ ।
प्रतिक्रिया