लेनोभोको सीस्ले एस ६० सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार १२:२९

लेनोभोले सहुलियत दरको स्मार्टफोन सीस्ले एस ६० सार्वजनिक गरेको छ । १२ हजार नौ सय उनान्सय भारतीय रुपैयाँ पर्ने बताइएको यो मोबाइल सीस्ले सीरीजको हो । यसको डिस्प्ले ५ इन्चको र रीजोलुसन गुणस्तर ७२०×१२८० पिक्सेलको छ । यसमा १.२ जीएचजेडको ६४ बीट क्वाड कोर क्वालकम स्न्यापड्रयागन ४१० प्रोसेसर रहेको छ । २ जीबी ¥याम र ८ जीबी इन्टरनल मेमोरी भएको यो मोबाइलमा ३२ जीबी सम्मको मेमोरी कार्ड राख्न मिल्छ ।

lenovoपछाडि एलइडी फ्लासका साथमा १३ मेगापीक्सेलको आटोफोकस क्यामारा र अगाडि ५ मेगापीक्सेलको क्यामरा भएके यो स्मार्टफोनमा सीन डीटेक्सन, फेस डीटेक्सन, थोरै लाइटमा पनि राम्रो तस्विर खिच्ने, प्यानोरोमा आदि जस्ता सुविधाहरु पनि समावेश छन् ।   लेनोभोको यो फोनमा एन्ड्रोइड ४.४ किटक्याट भर्जनको अपरेटिङ सिस्टम राखिएको छ । यसको ब्याट्री २१५० एमएएचको छ र यसले थ्री जी नेटवर्कमा १७ घण्टाको टकटाइम र २४० घण्टाको स्ट्याण्डबाइ टाइम दिने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१