आलोचनै आलोचनापछि नेपालका भूकम्पपीडितलाई मोदीले दिनेभए जस्तापाता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार ११:१५

काठमाडौं,६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिनाशकारी भूकम्पबाट प्रभावित नेपाली जनताका लागि जस्तापाता पठाउन इच्छुक देखिएका छन्। भूकम्पपछि नेपालको तत्कालको आवश्यकताबारे अध्ययन गर्न आएका मोदीका अतिरिक्त प्रमुख सचिव प्रमोद मिश्राले बुधबार स्वदेश फर्किनुअघि संचारकर्मीसॅग भारतीय प्रधानमन्त्री भूकम्पबाट प्रभावित नेपाली जनताका लागि जस्तापाता पठाउन इच्छुक र तयार रहेको जानकारी गराएका थिए ।  नेपाल सरकारले अस्थायी आवासका लागि तत्काल जस्ता पाता उपलब्ध गराउने निर्णय गरे आन्तरिक उत्पादनले यहाँको आवश्यकता र मागलाई थेग्ने अवस्था छैन। घरहरु भत्केका छन्। नयाँ घर बनाउन एक दुई बर्ष लाग्न सक्छ। स्थायी घर नबन्जेलसम्मका लागि मनसुन अघि नै अन्तरिम आवासका रुपमा नेपाल सरकारले जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ,नेपालमा उपलब्ध जस्ता पाताले मात्रै नपुग्न सक्छ,त्यस्ता सामग्री हामी पनि सहयोग गर्न सक्छौुबुधवार नयाँ दिल्ली फर्कनु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मिश्राले भने।
BJP Leader Narendra Modi Campaigns In Gujaratमिश्राले प्रधानमन्त्री सुशील कोइराला,अर्थमन्त्री डा रामशरण महत,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलसँग नेपालको आवश्यकता मूल्याङकनका लागि छलफल गरेका थिए। मिश्राले बिश्व बैंक,एशियाली बिकास बैंक,संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम,यूरोपेली यूनियन लगायत काठमाडौस्थित अन्तराष्ट्रिय दातृ प्रतिनिधिसँग पनि नेपालको तत्कालको आवश्यकता मूल्याङकनका लागि परामर्श गरेका थिए। मिश्राले मंगलबार नै भुकम्पबाट क्षतिग्रस्त दोलखाको सदरमुकाम चरिकोटको निरीक्षण भ्रमण गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१