इलिनोइ राज्य इकाईको नव निर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार ११:१०

अमेरिका,६ जेठ । गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद संयुक्त राज्य अमेरिका (एनआरएन, एनसीसी, युएसए) अन्तर्गत इलिनोइ राज्य इकाईको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न सो कार्यक्रममा नव निर्वाचित कार्यसमितिका सदस्यहरुले पदको सपथ लिएका हुन्। एनआरएनए, एनसीसीका संस्थापक सदस्य तथा नेपाल भूकम्प राहत कोष संयोजक शारदा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन आयोगका अध्यक्ष विनोद रोकाको तर्फबाट वर्तमान सल्लाहकार डाक्टर यादव पण्डितले नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो।

sapathaगत अप्रित २६ गते सार्वजनिक भएको नतिजा अनुसार इलिनोए राज्य इकाईको अध्ययक्षमा सुमन वस्ती निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा मोहन पौडेल, सचिवमा सत्य चौधरी, कोषाध्यक्ष्यमा ईश्वरी पाठक चुनिनु भएको छ भने कम्प्युटर निर्देशकमा विजय महर्जन, महिला संयोजकमा इच्छा नेउपाने, व्यपार विकास निर्देशकमा दल बहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ। त्यसरी नै शिक्षा निर्देशकमा विक्रम थापा, ईन्जिनियर निर्देशकमा विनोद शाह, यूवा संयोजकमा निर्मल भट्टराई र फिजिसियन निर्देशकमा वियज रेग्मी चयन हुनु भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१