यी हुन् विश्वकै अचम्मका रोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार १०:४३

१. प्रियापिजम (लिंग उत्तेजित भइरहने)– यो एउटा यस्तो रोग हो, जसमा लिंगमा उत्तेजना भएपछि चार घण्टाभन्दा बढी समय रहिरहन्छ । चिकित्सकका अनुसार ल्युकेमिया, सिकल सेल एनिमिया र काला माकुराले टोकेपछि यस्तो समस्या आउन सक्छ । कहिलेकाही चोटका कारण पनि उत्तेजना लामो समय रहिरहन्छ । साइकल दुर्घटनामा घाइते भएका डब्लिनका २२ वर्षीय एक पुरुषको उत्तेजना ७ हप्तासम्म रहेको थियो ।

roog२. यौनेत्तजना हुने रोग– यौनसंबन्धित भएर हुने रोग हो, पर्सिस्टेन्ट जेनिटल अराउजल डिस्अर्डर, अर्थात् अधिक यौनेत्तजना हुने । यो रोग सबैभन्दा पहिले सन् २००१ मा पहिचान गरिएको थियो । यो रोगबाट सबै मानिस प्रभावित हुन सक्ने भएपनि विशेषगरी महिला प्रभावित हुने बताइएको छ । सोही रोगबाट पीडित किम रामसे नामकी महिलालाई दिनमा १ सयपटक भन्दा बढी यौनेत्तजना आउने समस्या थियो । यस्तो समस्याको मुख्य कारण पत्ता नलागेपनि चिन्ता र निराशाबाट हुने बताइएको छ ।
३. अनुहारको अन्धोपना (प्रोस्पाग्नोसिया) – कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गा¥हो हुने समस्या यसमा पर्छ । ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ । तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैंन ।
४. केही पनि नसम्झने रोग (एन्टिरोग्रेड एम्नेसिया)– जन्मदा अक्सिजनको अभाव हुँदा बिर्सने समस्या हुन्छ । बेलायतको टन्टननिवासी रिकी डिन नामका किशोर एक दिनअघिको घटनापनि बिर्सने समस्याबाट पीडित थिए ।मेमेन्टो फिल्ममा जस्तै उनी आफू को हुँ, साथीहरु को हुन् भन्ने सम्म बिर्सन्थे उनी । उनी घाँटीमा आइफोन झुण्ड्याउछन्, जसमा उनलाई आवश्यक सबै कुराहरु हुनेगर्छ । उनलाई बाबुआमाले हेरचाह गर्दै आएका छन् ।

५. सबैथोक सम्झने रोग (हाइपरथाइमेस्टिया)– सबैकुरा बिर्सनु यसै समस्या हो भने सबैकुरा सम्झने पनि रोग हो । यस्तो समस्या भएका मानिसले आफ्ना जीवनका हरेक घटनाहरु सम्झने गर्छन् । तपाईंले कुनै वर्षौअघिको दिन भन्नु भयो भने हिजो भएजस्तै गरी उनीहरु त्यस दिनका हरेक गतिविधिहरु भन्ने गर्छन् । अहिलेसम्म विश्वमा जम्मा ६ जनामा यस्तो समस्या भएको पाइएको छ । जसमा सन् १९७० को हलिउड फिल्म ट्याक्सीकी अभिनेत्री मारिलु हेन्नर पनि हुन् ।

६. मेथेमोग्लोबिनेमिया (शरीर निलो हुने रोग)– अक्सिजनको आवागमन अवरुद्ध भएर शरीर निलो हुने समस्यालाई मेथेमोग्लोबिनेमिया भनिन्छ । अमेरिकाको केन्टुकीका मार्टिन फुगेट सन् १९२० मा ट्रबल क्रिक भन्ने ठाउँमा पुग्दा पूरै निलो भए । तर, पनि उनको अवस्था भने सामान्य नै रह्यो । उनले बिहे गरेकी एलिजावेथ स्मीथ निलो थिइनन् । तर, उनीहरुका सातमध्ये चार सन्तान पनि निला भएर जन्मिए ।

७. अनुहारभरि रौं उम्रने (कन्जेनिटल हाइपरट्राइकोसिस) – यसलाई ह्युमन वेयरवुल्फ सिन्ड्रोम पनि भनिन्छ । यस्ता समस्या भएका मानिसको अनुहारभरि जनावरका जस्ता बाक्ला रौं आउछन् । यस्तो समस्या अहिलेसम्म विश्वका ५० जना मानिसमा मात्र देखा परेको छ । यसको उपचार पनि छैन । १९ औं र २० औं शताब्दिमा यस्ता मानिसलाई सर्कसमा प्रयोग गरिन्थ्यो ।

८. प्रोगेरिया (असमयमै बुढो देखिने रोग)– बच्चाहरु बुढो देखिने रोगलाई प्रोगेरिया भनिन्छ । यो रोग के कारणले हुन्छ भन्ने पनि अहिलेसम्म थाहा भएको छैन भने यसको उपचार पनि छैन । यस्ता बच्चाहरु बढीमा १३ वर्षसम्म बाँच्छन् भने कसैलाई हृदयाघात हुन्छ । ४० लाख जन्ममा एकजनालाई यस्तो रोग हुन्छ ।

९. रुखका जस्ता जरा आउने रोग (इपिडेर्मोडाइसप्लाजिया भेरसिफर्मिस)– ह्युमन पापिलोमाभाइरसबाट हुने यो रोग लागेपछि मानिसमा मुसा आएर शरीरमा नै रुखका जरा पलाएजस्तो हुन्छ । इण्डोनेसियाका डेडे कोसावा नाममा मानिस यो समस्याबाट पीडित थिए । उनी जतिपटक मुसाहरु काट्थे, उत्तिखेरै पलाउनथ्यो । एक अमेरिकी सर्जनले सन् २००८ मा उनको उपचार थालेपनि उनी पूर्ण रुपमा निको हुन सकेका छैनन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१