मुम्बर्इ आइपिएल क्रिकेटको फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार १०:३९

चेन्नाइ सुपर किङ्सलाई हराउँदै मुम्बइ इण्डियन्स आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदान वाङ्खडे रंगशालामा गएराती भएको खेलमा घरेलु टोली मुम्बइ २५ रनले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको मुम्बइले ६ विकेट गुमाएर १ सय ८७ रन बनायो । मुम्बईका लागि लेण्डल सिमोन्सले ६५ रन तथा काईरन पोलार्डले ४१ रन जोडे ।

finalजवाफमा १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९ ओभरमा अलआउट हुनुपुर्व १ सय ६२ रन मात्रै बनाउन सक्यो । चेन्नाईको लागि फाफ डु प्लेसीसले ४५ रन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ मुम्बइका लसीथ मालिङ्गाले ३ विकेट लिए । जितसँगै मुम्बई इण्डियन्स तेस्रो पटक आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
यसअघि एक पटक उपाधि जितेको मुम्बइले एक पटक भने फाइनल खेलमा हार वेहोरेको थियो ।उता पराजित टोली चेन्नाईले भने अब फाईनल प्रवेशको लागि अर्को एक खेल खेल्ने अवसर पाउनेछन् । प्ले अफ अन्तर्गत आज वेलुकी हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् । उक्त खेलको विजेतासँग चेन्नाइले फाइनल प्रवेशको लागि अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१