राजस्थानमा आँधी आउँदा १२ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार १०:३४

भारतको राजस्थानमा आँधी आउँदा १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । प्रतिघण्टा सय किलोमिटरको वेगमा आएको आँधीका कारण राजस्थानका अधिकांश घरहरुमा क्षती पुगेको छ । राजस्थानको बीकानेर र भरतपुर शहर आँधीको चपेटामा परेको छ ।

rajsthaबेमसौमी बर्षापछि आएको आँधीका कारण विद्यालय र कलेजहरु बन्द गरिएको छ । आँधीले ठाउँ ठाउँमा बिजुलीका पोलहरु र रुखहरु ढलेका कारण यातायात सेवा पनि अवरुद्ध बनेको छ ।
यसैबीच राजस्थान सरकारले आँधीमा मृत्यु भएका परिवारलाई प्रति परिवार ४ लाखका दरले मुआब्जा दिने निर्णय गरेको छ । राजस्थान बाहेक दिल्ली, हरियाणामा पनि बेमौसमी बर्षा भएको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१