भूकम्पको पराकम्प कम हुँदै,खुला ठाउँमा सुत्नेहरु घर फर्किदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार ०९:५७

काठमाडौ‌, ६ जेठ । चार दिनदेखि भूकम्पको पराकम्प कम हुँदै गएको छ । दिनमा दुई दिनपटक मात्रै ससाना पराकम्प गएपछि जनजीवन सामान्य हुन थालेको छ । घर भएर पनि खुला ठाउँमा सुत्न गएकाहरु घर फर्कन थालेका छन् । अघिल्लो हप्ताको तुलनामा सडक बजारमा पनि चहलपहल बढेको छ । यसअघि दैनिक ९,१० वटा पराकम्प आउने गरेकामा आइतबारदेखि कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको हो ।

tentराष्टिय भूकम्प मापन केन्द्रका अनुसार हिजो तीनवटा मात्र पराकम्प गएको छ । बेलुकी पौने ५ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएपछि त्यसपछि ४ भन्दा माथिको पराकम्प गएको छैन ।
काठमाडौंमा राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । हिजो जस्तै आइतबार र सोमबार तीन तीन वटा पराकम्प गएका छन् ।
वैशाख १२ गते भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका २ सय ४८ वटा पराकम्प गएको छ । ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन विज्ञको आग्रह छ । विज्ञहरुका अनुसार ५ रेक्टर स्केलसम्मका पराकम्पलाई साना मानिन्छ र यसले धेरै क्षति गर्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१