स्वर्गीय ज्ञानबहादुर लिम्बूको स्मृति कप फुटवल प्रतियोगिता आजबाट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७२, बुधबार ०९:५३

विर्तामोड,६ जेठ । झापाको दुहागढी गाविसले प्रत्येक वर्ष खेलाउँदै आएको स्वर्गीय ज्ञानबहादुर लिम्बूको स्मृति कप फुटवल प्रतियोगिता ६ गते आजबाट सुरु हुने भएको छ । खेलका लागि आवश्यक तयारी पुरा भएपछि आइतबार दुहागढी –९ मा खेल व्यवस्थापन समितिले आयोजना गरेको बैठकले आगामी ६ गतेदेखि प्रतियोगिताको मिति तय गरेको हो । दुहागढी गाविसमा ९ वटा छन् ।

kkkप्रतियोगिताबाट प्रथम हुने टीमलाई २१ हजार द्धितीयलाई १० हजार र तृतीयलाई सान्त्वना स्वारुप पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको आयोजक कमिटीले जनाएको छ । विगतदेखि नै खेलाइदै आएको वडा ज्ञानबहादुर लिम्बूको स्मृति कप फुटवल प्रतियोगिता यो वर्ष वडा नम्बर ९ ले खेलाउने भएको छ । गत वर्षको प्रतियोगितामा वडा नम्बर ९ ले सिल्ड र कप जीतेको थियोे । जीतेको वडाले अर्को वर्ष प्रतियोगिताको आयोजना गर्ने नियमनुसार यो वर्ष दुहागढी –९ को फुटवल टीमले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१