साउदी अरबमा २ सय नेपाली बन्धक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७१, सोमबार ०६:१२

बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न म्यानपावरबाट साउदी अरब पुगेका दुईसय नेपालीलाई कार्यरत कम्पनीले बन्धक बनाएको छ ।
साउदी अरबको रियाद शहरमा रहेको समास्को कम्पनीमा कार्यरत दुईसय नेपालीले काम गरेको पारिश्रमिक माग्दा कम्पनीले बन्धक बनाएको बताएका छन् । उनीहरुले साउदी अरबमा दिइएको अस्थायी पाससमेत कम्पनीले खोसेपछि बाहिर निस्कन नपाएको बताएका छन् ।
साउदी अरबमा बन्धक बनाइएका झापा खुदुनाबारीका रबिन न्यौपानेले आफूहरु तीन महिनादेखि बन्धक बनेको बताउनुभयो । उहाँले तीनमहिना यता पेटभरी खानसमेत नदिइएको गुनासो गर्नुभएको छ ।
आफूहरु नेपालको जुपिटर म्यानपावर, जेपिआर ओभरसिजलगायतका म्यानपावरबाट साउदी आएको र अहिले ती म्यानपावरमा सम्पर्क गर्दा वास्ता नगरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१