एलजीको नयाँ स्मार्ट फोन जी फोर आउदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १३:१४

एलजीको नयाँ स्मार्ट फोन जी फोर यही हप्ता बजारमा आउने भएको छ । लेदरको कभर भएको जी फोर स्मार्ट फोन सुरुमा हङकङ, टर्की, रुस र सिंगापुरको बजारमा उपलब्ध हुने एलजीले जनाएको छ ।

g44यो फोन कोरियामा भने यस अघिनै सार्वजिनक भैसकेको छ । जी फोर स्मार्ट फोन क्रमशः युरोपका अधिकांश मुलुक, उत्तर अमेरिका, युरोएसियन मुलुक, दक्षिणपूर्वी एसिया, मध्य पूर्व, अफ्रिका तथा दक्षिण र मध्य अमेरिकामा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
एलजीको जी फोरमा पाँच दशमलव पाँच इन्चको स्क्रिन छ भने कड एचडी डिस्प्ले छ । यो स्मार्ट फोनमा सिक्स कोरको स्न्यापड्रयागन ८०८ प्रोसेशर, तीन जिबीको मेमोरी र १६ मेगापिक्सलको क्यामेरा छ । फ्रन्ट क्यामेरा पनि ८ मेगापिक्सलको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१