पत्नीलाई औषधी किन्न दुई महिनाको बच्चा बेच्नुपरेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १२:३१

पत्नीलाई औषधी किन्नको लागि एक आदिवासीले आफ्नो दुई महिनाको बच्चा बेच्नुपरेको छ । उनले बच्चाको ७०० भारुमा एक महिलालाई बेचेका हुन् । कोरकुँडा ब्लकको चित्तापल्ली २ निवासी सुकुरा मुदुली र उसको पत्नी धुमुसी मुदुलीले आफ्नो बच्चालाई गत डेढ महिनाअघि छिमेकी चित्तापल्ली ३ गाउँकी आशा कार्यकर्तालाई सुम्पिएका थिए ।

babyउक्त गरिब दम्पत्तिले कुनै पनि सरकारी सुविधा नलिएको पाइएको छ । आफ्नी श्रीमती बिरामी हुँदा औषधी त परै जाओस् रोटी पनि किन्न नसकेपछि दुई महिनाको छोरालाई सुम्पिएर श्रीमतीको लागि औषधी र ५० किलो चामल किनेका थिए । उनीहरु अझै पनि बच्चाको लालनपालन गर्न सक्ने अवस्थामा छैनन् र सन्तान फिर्ता गर्न सकेका छैनन् । उनीहरुलाई सरकारी सेवा सुविधा उपलब्ध गराउन गृहकार्य भइरहेको एक सरकारी अधिकारीले बताए । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१