मिथुन चक्रवर्तीलाई अस्पताल भर्ना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १२:२६

mithunकुनै समयका चर्चित नायक मिथुन चक्रवर्तीलाई अस्पताल भर्ना गरिएको छ । ज्वरो र बान्ता लगातार हुन थालेपछि सोमबार उनलाई मुम्बईस्थित कान्दिवली अस्पतालमा भर्ना गरिएको बताइएको छ । पेटमा असह्य पीडा पनि भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ भने अस्पतालले हाल मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार हुदैं आएको बताएको छ । डांसिंग स्टारको रुपमा आफुलाई बलिउडमा स्थापित गराएका मिथुनले सयौं बलिउड चलचित्रमा अभिनय गरेका छन् । बलिउड चलचित्र ‘कला’बाट बलिउड चलचित्रक्षेत्रमा डेव्यू गरेका मिथुनले राष्ट्रिय चलचित्र पुरस्कार समेत प्राप्त गरेका छन् । मोनार्क ग्रुपका मालिक समेत रहेका मिथुनले रसायन विज्ञानमा वि।एस।सी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१