हुथी बिद्रोहीविरुद्ध पुनः आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १२:१४

एजेन्सी । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी बिद्रोहीविरुद्ध पुनः आक्रमण थालेको छ । ५ दिने शान्ति सम्झौताको समयावधी सकिएपछि गठबन्धन सेनाले सैन्य कारवाही पुनस् शुरु गरेको हो ।

imangeसंयुक्त राष्ट्रसंघ र अधिकारवादी संस्थाहरुले शान्ति सम्झौताको समय थप गर्न आग्रह गरेपनि पुनस् कारवाही शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । राष्ट्रसंघ र अधिकारवादी संगठनहरुले यमनका झण्डै २ करोड ५० लाख सर्वसाधारणलई मानवीय सहायता समाग्री आवश्यक रहेको भन्दै त्यसको सहज आपूर्तीका लागि शान्ति सम्झौताको समय थप्न माग गर्दै आएका थिए ।
यमन सरकार र हुथी बिद्रोहीले शान्ति सम्झौताको समय थप हुन नसक्नुमा एक अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१