रोकिएन भूकम्पको धक्का,आज मात्रै भूकम्पको २ वटा पराकम्पन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १२:०३

काठमाडौं, ५ जेठ । मंगलबार भूकम्पको २ वटा पराकम्पन गएका छन् । बिहान ११ बजेर २९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ४ बजेर ३४ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

त्यसबाहेक ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन राष्टिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी आग्रह गर्नुभयो । उहाँका अनुसार ५ रेक्टर स्केलसम्मका पराकम्पलाई साना मानिन्छ र यसले धेरै क्षति गर्दैन । ५ दशमलव ५ रेक्टर स्केलसम्मको पराकम्प आउँदा आत्तिन नपर्ने उहाँको भनाई छ ।
भूकम्पको पराकम्प कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।

भूकम्पबाट ज्यान गुमाउनेको संख्या साढे ८ हजार बढि

वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय १७ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार १२ गतेको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ६८ पुगेको छ । १८ हजार ५ सय ५ जना घाइते भएका छन् । वैशाख २९ गतेको पराकम्पको कारण १ सय ४९ जनाको ज्यान गएको छ भने ३ हजार २ सय ४५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१