पर्यटन उद्योगलाई पुनरुत्थान गर्न पर्यटन बोर्डको १० कार्यक्रम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार ११:५७

 काठमाडौं,५ जेठ । नेपाली अर्थतन्त्रको वलियो जगको रुपमा स्थापित पर्यटन उद्योग लाई अविलम्व पुनरुत्थान गर्न पर्यटन बोर्डले निम्न कार्यक्रम गर्ने भएको छ। पर्यटन व्यवसायीले सृजना हुने रोजगारी र आय आर्जनका अवसरवाट भूकम्पको पीडा लाई विर्साउँदै नागरिक जीवन लगायत पर्यटन उद्योग व्यवसायलाई अघि बढाउँदै राष्ट्रको आर्थिक जीवनलाई गति दिन पर्यटन बोर्डले थालनी गरने काम यस्तो छ।

ntb१. २०७२ बैशाख १२ गते शनिबार महाविनासकारी भूकम्प आए लगत्तै पर्वतारोहण, पदयात्रा, दृश्यावलोकन लगायत मुलुकका विभिन्न भूभागमा रहेका विदेशी पर्यटकहको अवस्थाको सूचना एकिकरण गर्दै भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरी उद्धार गर्न उद्धार कार्यमा संलग्न निकायहरुमा उक्त सुचना पुर्‍ याउँदै यथा संभव छिटो उद्धार गर्ने प्रयासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल, पर्यटन विभाग, पर्यटन बोर्ड, र निजी क्षेत्र बाट समन्वयात्मक रुपमा कार्य गरिएको र सम्पादित कार्यहरुको दैनिक प्रेस विज्ञप्तीका माध्यमबाट सार्वजनिक गरिने।

२. मिति २०७२ बैशाख २३ गते सार्वजनिक निजी साझेदारीको साझा संयन्त्रको रुपमा पर्यटन पुनरुत्थानका लागि पर्यटन पुनरुत्थान समितिको गठन गरिएको र यस समितिले पर्यटन पुनरुत्थानका लागि मुख्य परामर्श संयन्त्रका रुपमा कार्य गर्ने जनाएको छ।
३. काठमाडौं उपत्यका भित्रका क्षेतीग्रीस्त सम्पदा स्थल, साँस्कृतिक केन्द्र र दरबार क्षेत्रलाई पर्यटकले अवलोकन गर्न पाउने गरी सूचना, सुरक्षा, र सुविधाको प्रबन्ध गर्न पुरातत्व विभागसंग समन्वय गरी छिटो भन्दा छिटो खुल्ला गर्न प्रयत्न गर्ने निणर्य गरेको छ।
४. बोर्ड कार्यकारी समितिले २०७२।१।३१ मा गरकोे निर्णय अनुसार प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रु. ५ करोड। अविलम्ब चेक हस्तान्तरण गरिने जानकारी गराएको छ।
५. नेपाल पर्यटन बोर्डबाट बीउ–पूँजी र १० करोड राखि पर्यटन पुनरुत्थान कोष स्थापना गर्ने र सो कोषमा सहयोग पुर्‍याउन विकास साझेदार, शुभ चिन्तक, तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आह्वान गर्ने जानकारी गराएको छ।
६. पर्यटन पुनरुत्थानका लागि आ.व. २०७२।७३ मा पर्यटन पुर्वाधार मर्मत सुधार तथा नव निर्माणका लागि पर्यटन विभागबाट सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष २०७२।१।३०मा प्रस्ताव प्रस्तुत गरेको छ।
७. पर्यटन पुनरुत्थानका सम्बन्धमा निजी क्षेत्र प्रोत्साहन, निजी क्षेत्रबाट पर्यटकलाई सहुलियत, सरकारले लगाउने शुल्कमा सहुलियत प्रदान गर्ने जस्ता विषयमा पर्यटन क्षेत्रका सरोकारवालाहरुसंग छलफल तथा परामर्श जारीलाई राख्ने र निजी क्षेत्रबाट पर्यटकलाई सहुलियत प्रदान गर्ने विषयमा पर्यटन क्षेत्रका छाता संस्थाहरुसंग मिति २०७२ जेष्ठ ६गते भित्रमा सुझाव सङक्लन गराउने।
८. नेपाल पर्यटन बोर्डले असहज परिवेशमा पर्यटक भ्रमण मैत्री परिस्थिती निर्माण गर्न खेल्नु पर्ने भूमिका बारे बोर्डका कर्मचारी र काठमाडौंमा उपलब्ध जन सम्पर्क प्रतिनीधि तथा विषयगत पर्यटन व्यवसायी÷उद्यमीहरु संग परामर्श जारी राख्ने जानकारी गराएको छ।
९. नेपालमा पर्यटकहरुको आगमनललाई क्रमशः वृद्धि गर्न रुची जगाउने र विश्वास बढाउने कार्यमा संचार क्षेत्रसंग निरन्तर सूचना दिने कार्य जारी।
१०. आसन्न कैलाश भ्रमण (धार्मिक पर्यटन) र आगामी शरद क्रृतु (सेप्टेम्बर – नोभेम्बर, २०१५) लाई लक्षित गरी विशेष प्रवद्र्धन योजनाको तर्जुमा र कार्यान्वयन गर्न बोर्डबाट गृहकार्य प्रारम्भ गर्ने र पर्यटन पुनरुत्थान समिति टी आर सी को सिफारीसमा कार्यान्वयन गर्ने व्यवस्था गरिने निर्णय गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१