नेपाली क्रिकेट टोली भारत जादैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार ११:२५

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिताको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत जाने भएको छ । अर्को वर्ष भारतमा आयोजना हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको लागि एशोशिएट राष्ट्रहरुको छनौट प्रतियोगिता यही जुलाई ९ तारीखदेखि आयरल्याण्ड र स्कटल्याण्डमा हुनेछ । यसैको तयारी स्वरुप नेपालले भारतमा अभ्यासको साथै केही मैत्रिपुर्ण खेल खेल्नेछ ।

nepalनेपाल क्रिकेट संघ क्यानको सोमबार बसेको कार्यसम्पादन समितिको वैठकले टोलीलाई भारत पठाउने निर्णय गरेको हो । साथै क्यानले नेपाली टोलीलाई बेलायत र नेदरल्याण्ड्समा समेत केही अभ्यास खेलको व्यवस्था मिलाउदैछ । विश्वकप छनौटको तयारीकै लागि क्यानले विशेषज्ञ व्याटीङ प्रशिक्षक र विदेशी फिजियो ल्याउने भएको छ ।
ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट लगत्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ । स्कटल्याण्ड विरुद्ध दुईवटा एकदिवसिय खेलको तयारीमा रहेको नेपालले त्यसपछि भूकम्प पीडितको सहयोगार्थ मलेसियामा एउटा च्यारीटी म्याच खेल्नेछ ।
उक्त म्याचमा नेपाली राष्ट्रिय टोलीले विश्व एघारसँग मैत्रीपुर्ण खेल खेल्नेछ । उक्त खेलबाट उठेको रकम नेपालको क्रिकेट पुर्वाधारमा लगानी गरिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१