नेपाली राजदूत कार्की र ओबामाबीच भेटबार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार ११:१७

वाशिंगटन डीसी,५ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको पुर्नुउत्थानका लागि अमेरिकाको अझ बढी सहयोग गर्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझदै ओबामाले नेपालको विपतमा अमेरिकाको साथ रहने भन्दै आश्वस्त पारेका हुन् । ओबामाले भूकम्पले सिर्जना गरेको चुनौती तथा पुर्नस्थापनाका लागि दीर्घकालिन प्रतिवद्धता र कठिन परिश्रमको आवश्यकता औंल्याए ।
obamaनेपालले दिगो आर्थिक विकास र उन्नतिको बाधक दशक लामो आन्तरिक द्वन्द्वसमाधान गरी संविधानसभाको चुनावमार्फत प्रजातान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै खुला अर्थतन्त्र अबलम्बन गरी आर्थिक अभिवृद्धिका लागि छिमेकी मुलुकहरुसँग ब्यापार सम्झौता तथा दक्षिण एसियाबीच सन्नीकटताका लागि योगदान पुर्याउन सफल भएको भन्दै उनले प्रशंशा ब्यक्त गरे ।
ओबामासँगको भेटमा राजदूत कार्कीले आगामी दिनमा राहत, पुर्नस्थापना, पुनर्निर्माण कार्यमा अमेरिकी सहयोग अझ बढी प्राप्त हुने विश्वास ब्यक्त गरे । राजदूत कार्कीले भूकम्पपछि पुनर्निर्माणका लागि काठमाडौमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनबारे ओबामालाई जानकारी गराएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१