दोलखा,४ जेठ । जिल्ला दैवी प्रकोप उद्दार समितिले भूकम्पले ध्वस्त दोलखाका १४ गाविसका अधिकाशं बस्ती सुरक्षित स्थानमा सार्न सिफरिस गरेको छ । समितिले गरेको सिफरिस अनुसार सिंगटी बजार उत्तरका गाविसका वासिन्दा जतिसुकै बेला खतरामा पर्न सक्ने भएकाले सार्न सिफारिस गरेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खतरामा रहेको झ्याकू र लामिडाँडा गाविसका केही वडाका बासिन्दालाई पनि सार्न सिफारिस गरिएको छ ।
त्यस्तै, भूकम्पपछि गैरआवसीय नेपाली संघ ९एनआरएन० ले दोलखाका पीडितको घरदैलोमा पुगेर सहयोग जारी राखेको छ । दैवि प्रकोप उद्धार समितिको सल्लाहमा एनअरएन अध्यक्ष शेष घलेले जिल्लाको दक्षिणी गाउ काटाकुटीका एक हजार परिवारलाई राहत सामाग्री वितरण गर्नुभयो । यसैबीच, भूकम्पपछि घरबाहिर बसेका दोलखाका पीडित बसेका शिविरमा अस्थायी शौचालय बनाउन थालिएको छ । खुला मैदान, बारीको पाटा, सार्वजनिक स्थलमा बसेकाहरुका लागि ४ सय शौचालय निर्माण थालिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख जनककुमार अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया