बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी एक नर्सको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७२, सोमबार १४:११

बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी भारतीय एक नर्सको सोमबार मृत्यु भएको छ। मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय सञचारमाध्यमकाब अनुसार शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि तीनदिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

nurseमुम्बईको केईएम अस्पतालमा नर्सको रूपमा कार्यरत शानबाग बलात्कारको शिकार भएकी थिइन्। ४२ वर्षअघि नर्स अरुणा शानबागलार्इ सोही अस्पतालका वार्ड ब्वार्इले आक्रमण गरी सांग्लोले बाँधेर बलात्कार गरेको सञ्चार माध्यमहरूले जनाएका छन्। त्यसपछि अपांग भएकी उनलाई अस्पतालमा भर्ना गरिएको थियो। बोल्न नसक्ने उनी अस्पतालमा भर्ना भएपछि उनको अवस्था झनै बिग्रिएको थियो। यसअघि शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले भारतको उच्च अदालतमा शानबागको इच्छा मृत्युको माग गरेकी थिइन्। यद्यपी अदालतले उनको माग खारेज गरेको थियो। अरुणालार्इ २३ नोभेम्बर १९७३ देखि केईएम अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१