एनआरएन अमेरिकाको नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७२, सोमबार ११:०९

अमेरिका,४ जेठ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नव निर्वाचित नेतृत्वले आइतबार न्यूयोर्कमा आयोजित समारोहमा पदभार ग्रहण गरेका छन । नेपालमा गएको प्रलयकारी भूकम्पका कारण स्थगित हुन पुगेको पदभार तथा सपथ ग्रहण कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको हो । आइतबार न्यूयोर्कमा आयोजित सपथ ग्रहण समारोहमा पद तथा गोपनियताको सपथ लगत्तै संचारकर्मीहरुसंग कुरा गर्दै नव निर्वाचित अध्यक्ष डा.केशब पौडेलले मातृभूमि नेपालमा प्रलयकारी भूकम्प गए लगत्तै उद्धार र राहतमा केन्द्रित रहेको सङ्घको नेतृत्वले मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्पमा परि घरबार गुमाउनेहरुका लागि पुनर्निर्माणको बृहद योजना सञ्चालन गर्ने जानकारी दिदैं निकट भविष्यमा सङ्घको वार्षिक योजना सार्वजनिक गर्ने बताएका छन् ।

nrnपौडेलले आफूलाई भरि मतले निर्वाचित गर्ने सम्पूर्ण नेपाली अमेरिकनलाई धन्यवाद ज्ञापन गर्दै सङ्घ नेपाली अमेरिकनको बृहत्तर हितमा क्रियाशील हुने बताएका छन् । आइतबार न्यूयोर्कमा सङ्घका प्रमुख निर्वाचन आयुक्त विनोद रोक्काले नवनिर्वाचित अध्यक्ष केशव पौडेल सहित वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षहरु बन्दना कोइराला, रबिना थापा, डिल्ली भट्टराई र रामचन्द्र पोखरेल, महासचिव-तिलक श्रेष्ठ, सचिव-शङ्कर खड्का, सहसचिव संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्ष-वेद बस्नेत र सहकोषाध्यक्ष- प्रकाश सापकोटालाई एक समारोहबीच पद तथा गोपनियताको सपथ गराएका थिए । आजै आयुक्त रोक्काले सङ्घका नवनिर्वाचित जन सम्पर्क अधिकारी राम खरेल, सदस्यहरू क्रमश गोमा सेन, सूर्य लम्साल, हरिशचन्द्र हमाल, मोहनबहादुर ज्ञवाली, विनोद तिवारी, शिबराज पौडेल , विष्णुमान प्रधान, गोविन्द श्रेष्ठ, सतेन्द्र शाह, सुशील रेग्मीलाई समेत पद तथा गोपनियताको सपथ गराएका थिए । यस अघि , सङ्घको सम्पन्न निर्वाचनमा पेसाले चिकित्सक रहेका पौडेल आफ्ना प्रतिद्वन्दी भन्दा झन्डै तेब्बर भन्दा धेरै मत ३६२२ मत प्राप्त गरी विजयी भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१