चार्जरबिना नै चार्ज हुन्छ स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७२, सोमबार १०:५८

विचार गर्नुहोस् त, तपाईंको स्मार्टफोन चार्ज गर्न पावर प्लग वा पोर्टेबल चार्जर बिना नै सम्भव होला त ? के चार्जरबिना पनि फोन चार्ज हुन सम्भव होला र ?
तर अब सम्भव हुने भएको छ । बिना पावर प्लग र पोर्टेबल चार्जर, अब तपाईंको फोन चार्ज हुनेछ । वैज्ञानिकहरुले नयाँ प्रविधिको विकास गरेको दावी गरेका छन् । उक्त नयाँ प्रविधिले रेडियो फ्रिक्वेसीलाई शक्तिमा बदल्नेछन्, जसबाट मोबाइल जस्ता इलेक्ट्रोनिक डिभाइस चार्ज हुनसक्छ ।

iPhone-5S-goldटेक क्रन्चको रिपोर्टअनुसार, यस्तो प्रविधिले मोबाइलको सिग्नल खोज्न प्रयोग हुने तपाईंको फोनको ९० प्रतिशत शक्तिलाई पुनः मोबाइलमै फिर्ता गर्नेछ, जसले फोन ३० प्रतिशत बढी चलाउन सकिन्छ । अमेरिकाको निकोला लैब्स ओहायो स्टेट युनिभर्सिटीसँग मिलेर यस्तो प्रविधिलाई एक वर्षभित्र बजारमा ल्याउने प्रयत्न भइरहेको एजेन्सीहरुले समाचार प्रकाशित गरेका छन् ।
यस्तो प्रविधिको प्रयोग वियरेबल टेक्नोलोजी, एम्बेडेड सेन्सर्स र मेडिकल डिभाइसेज जस्ता कैयौं फरक फरक उपकरणमा गर्न सकिन्छ, जहाँ धेरै मात्रामा बिजुलीको खपतको जरुरत पर्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१