काबुलमा आत्मघाती बम बिष्फोटन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७२, सोमबार १०:२८

kabulअफगानिस्तानको राजधानी काबुल स्थित अन्तराष्ट्रिय बिमानस्थलमा आइतबार आत्मघाती बम बिष्फोटन भएको छ । बिष्फोटमा तीन जनाको मृत्यु तथा २० भन्दा बढी घाईते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । बिबिसीका अनुसार बिष्फोट काबुलस्थित बिमानस्थलको एक कार्यालयमा भएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी छ । बिष्फोटको कसैले जिम्मेवारी लिएको छैन । तीन दिन पहिले काबुल स्थित एक गेष्ट हाउसमा आक्रमण हुँदा ४ भारतिय सहित १४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१