टुडिँखेलमा महानायक हमालले गरे सरसफाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७२, सोमबार १०:१९

पर्दामा देखिने र सबैमाझ लोकप्रिय व्यक्तिले समाजमा केहि सकारात्मक काम गरे त्यसले एउटा राम्रो सन्देश दिने गरेको उदारहण धेरै छन् । लोकप्रिय व्यक्तिले नराम्रै काम गरेपनि त्यसलाई साथ दिने र राम्रो काम गरेपनि त्यसलाई साथ दिने समाजका हरेक व्यक्तिहरुलाई सजक र जनचेतना फैलाउन चर्चित मुहारहरुनै सफल हुने गरेका छन् । त्यसैले समाजमा केहि नयाँ कामको सुरुवात गर्नु परे हरेक संघसंस्थाहरुले चर्चित मुहारहरुले डाक्ने गरेका छन् । त्यहि क्रममा बैशाख १२ गते नेपालमा गएको महाभूकम्पपछि यति बेला देश शोकाकुल अबस्थामा छ । धेरै जिल्ला भूकम्पबाट प्रभावित भएका छन् भने त्यसबाट भएको अस्तव्यस्त बसाईबाट यति बेला धेरै रोगहरु निम्तन सक्ने खतरा पनि बढ्दें गएको छ र त्यसलाई रोकथाम गर्न सरसफाईनै मुख्य हुने भन्दैं नेपाली चलचित्रक्षेत्रका महानायक राजेश हमालले आइतबार टुडिँखेलमा सरसफाइ गरेका छन् ।

hamalकोशिश हेल्थकेयर फाउण्डेशनले आयोजना गरेको सरसफाई कार्यक्रममा हमाले पनि सरसफाई गरेका हुन् । भूकम्पपिडीतलाई राहत वितरणमा पनि सक्रिय हुदैं आएका महानायक हमालले आज टुडिँखेलमा सरसफाई गरि साबुन पानीले हात धुन सकाएका थिए । सरसफाई कार्यक्रममा बोल्दैं हमालले भने -‘यो अबस्थामा हामीले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ । त्यसैले पनि यति बेला हाम्रो बसाई अस्तव्यस्त छ,यो अबस्थामा हामीले सरसफाई गर्न सकेनौं भने भोली हामीलाई यसबाट धेरै रोग लाग्न सक्छ र हामीले त्यो रोगबाट टाढा रहन आफु र वरपर सरसफाई गर्नुपर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१