काकरभिट्टा,४ जेठ । भुकम्पका कारण झापाको मेचीनगर– १० काकरभिट्टाबाट प्रकाशन भईरहेको लोकतन्त्र पोष्ट दैनिकको कार्यालयमा क्षति पुगेको छ । पत्रिकाको कार्यालय रहेकोे भवनमा भुकम्पका कारण क्षति पुगेपछि आज आइतबारको पत्रिका प्रकाशन हुन सकेन । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ,पूर्व अध्यक्ष कृष्ण हुमागाई,महासंघका सचिव एकराज गिरी,सदस्य अर्जुन कार्कीसहितको टोलीले आज आइतबार सो कार्यालयको निरीक्षण गर्यो ।
निरीक्षणको क्रममा पिल्लर र वाल चर्कनुका साथै चिरा परेर भवन जोखिमपूर्ण बनेको पाइयो । टोलीले अस्थायी व्यवस्था गरेर भएपनि पत्रिकाको प्रकाशन नियमित गर्न प्रकाशन समूहलाई आग्रह गरेको थियो ।
बाहिर टेण्ट टाँगेर सोमबारबाट पत्रिकाको प्रकाशन नियमित गर्नेगरी काम सुचारु गरिएको पत्रिकाका प्रधान सम्पादक मोहन काजी न्यौपानेले बताए ।
पत्रिकाको कार्यालय तत्काल सार्नुपर्ने अवस्था रहेको र संस्थालाई ५ लाख बराबरको क्षति भएको पत्रिकाका प्रधान सम्पादक न्यौपानेले बताए । उनका अनुसार सोही भवनमा प्रशारणको तयारीमा रहेको कनकाई नेटवर्क प्रालिको १०५ मेघाहर्ज एफएमको निर्मित संरचना पनि काम नलाग्ने अवस्थामा पुगेकोले १० लाख रुपैयाा बराबरको क्षति भएको छ ।
उक्त क्षतिको विवरण नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पठाइने महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।
प्रतिक्रिया