आज २२ औ मदन-आश्रीत स्मृति दिवस, नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउदै छ । नेकपा एमाले चितवनले तत्कालीन महासचीव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको कविलास गाविसको दासढुंगामा दुर्टनामा परि निधन भएको भनिएको छ । कास्कीको पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर फर्किने क्रममा गाडी दुर्घटना भएको थियो । दुर्घटनाको यथार्थ तथ्य अझै बाहीर आएको छैन ।
के हो मदन भण्डारीको परिचय ?
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई बैचारिक रुपले मार्गदर्शन गरिरहेको छ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर कमरेड मदन भण्डारीले अघि सारेका विचारहरुलाई आधार मान्दै नेकपा को आन्दोलन ले निश्चित रूपमा नया नेपाल बन्ने र नेपाली जनताको आमूल परिबर्तनको सपना पुरा हुने संभाबना थियो । कास्कीको पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिविेशन लगायत तराईको पार्टी कामको सिलसिलामा, तत्कालीन परिस्थिति देशी बिदेशी साँठगाँठकाकारण दासढुंगामा उहाको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो । यो घटना देख्दा देख्दा सामान्य लाग्ने जस्तो देखिए पनि भयावह राजनैतिक चक्रव्यूह थियो जुन जेष्ठ ३ गते भयो । सारा मुलुक शोकमा डुवेको थियो । जनताहरु स्तव्ध भएँ नेपाली धर्ती रोइन् । एक राष्ट्रवादी विलय हुँदा कतिले लाश नभेटुन्जेल खाना खाएनन त कतिले कपाल समेत खौरे । घटनाका दोषीलाई सजाय दिनु कता हो कता घटनामा संलग्न अमर लामालाई समेत केहि वर्ष पहिले हत्या गरियो । जननेता भण्डारी पूर्वी पहाड ताप्लेजुंग मा पिता देवी प्रसाद भंडारी का माइलो छोरोको रूपमा शिक्षित परिबार मा जून २७, १९५२ मा भएको हो । ताप्लेजुंगमा सामान्य पढाइ सकेपछि आचार्य सम्म र एम् ए गर्न बनारास बिश्वबिध्यालय जानुभयो र डबल एमए गर्नु भयो जून बिश्वबिध्यालयमा किसुन जी, पुष्प लाललगयात धेरै नेपाली नेताहरुले पढ्नुभएको हो । भोजपुरमा जन्मिएर मोरंगमा अध्ययन गर्ने र पार्टीको कार्यकर्ता बिद्या देवी पाण्डे त्यतिवेला उहाँ अखिल पाँचौंको तर्फबाट महेंद्र मोरंग क्याम्पसमा स्ववियुको पदाधिकारी र भूमिगत ढंगले माले को महिला संगठनलाई बढाउँने हिसावले मोरंगमा बस्दा तत्कालीन माले को निर्णय बमोजिम जनाबादी बिबाह भएको हो भानिन्छ । बनारसको विद्यार्थी जिबनमा शायद नेपाली पुराना नेता र विशेष गरि गरि भारतका समाजबादी नेता, कम्युनिस्ट नेताहरु ज्योति बासु, तत्कालीन भा क पा का नेता हरिकिशुं सुरजीत र नेपाली नेताहरु कोमरेड पुष्प लाल, मन मोहन, मोहन बिक्रम सिंह, नर बहादुर कर्माचार्या, बीपी कोइराला, सहना प्रधानसंगको सम्पर्कले नेपालको आमूल परिबर्तानको लागी सोच्न झक्झकायो उहाँलाई किनकी भारतमा टप टप कम्युनिस्ट नेताहरु थिए त्यति बेला । भारतमा अन्तन्त गरिवीका कारण कम्युनिस्टहरु बढेका बढ्यै थिए । भंडारी को बामपंथी राजनीति को झुकाब सक्रियता निखार्पण क्रन्तिभाब देशभक्ति गणतांत्रिक र आमुल्परिबर्तन को सोच वनारसको अध्ययनको क्रममा बढेको गएको देखिन्छ । मदन भंडारीको राजनितिक यात्रा र नक्सल बादी आन्दोलन र तत्कालीन झापा ससस्त्र बिद्रोह- कोमरेड पुष्प लालले खोल्नु भएको विद्यार्थी मोर्चाको सेंट्रल कमिटी को मेम्बर हुनुभयो । कोमरेड पुष्पलाल ले खोल्नु भएको विद्यार्थी मोर्चा को सेंट्रल कमिटी को मेंबर हुनुभयो १९७२ आर्थात २०२८ सालमा बनारास बिस्वबिद्यालयमा बनारस पढ्न जांदा को समयमा नै उहा बाम्पन्थी राजनितिक प्रभावमा परिसक्नुभएको थियो /उहा पढाईमा अत्यन्त तेजिलो हुनुहुन्थ्यो, कबिता, जनाबादी गीत का रचायेता पनि हुनुहुन्थ्यो । “ए हली दाई बांदेर ल्यांउ है सामंती थुले लाई” र “जमींन हुन्छ जोत्नेको धरती पुत्र हे बीर किसान हो” लोक लयमा आधारित यी गीतका लेखक नेता भंडारी र यी गीत जनाबादी गीत सायद भाग १ वा २ मा छ, झीलको, संकल्पालगायत भूमिगत प्रकासन मा उहाका दर्जनौ लेख, दर्शन सम्बन्दी बिचार, क्रांतिकारी लेख -कबिता -गीत छापिएको थियो भूमिगत अबस्था मा /ऊहा जनाबदी साहित्याकार /कालाकार /रचिता /क्रन्तिकारी लेखक र कबी पनि नेता भंडारी । २०२७/२०२८ साल तीर चरम गरीबी, पंचयात को हुकुमी सासन, खुकार सामान्त हरु को सोसन, किसान, मजदूर माथी को शोसण चरम सीमामा पुगेको बेला तेरथुम बटा भर्खर झरेका खड्ग प्रसाद ओली, राम नाथ दाहल, किसना कुइकेल,बिरेन राजबंसी, मंडल सतार, चन्द्र प्रकाश मैनाली, आर के मैनाली, जीवन घिमिरे,झलनाथ खनाल अली अगि पछि लगायत को नेतृत्वा माँ सस्त्र आन्दोलान को नेतृत्व सुरु भयो /सामंत चन्द्र प्रसाद ढकाल लगायत कही सामंता हरु को तेहि काम गर्ने किसान लाई प्रयोग गारी ख़तम गर्ने उग्र काम भयो /सफाया /टाउको गिडने काम सुरुवयो सामन्त, जाली, फटाहा, श्रमिक मारा, किसान मारा, दलाल जनताको को कमाई मा राज गर्नी सामंता हरुको सफाया नियमित ढंगले अगाडी बड़्दै गयो -सफाया हुँदै गयो -कति लाइ भौतिक कार्बाहि मात्र भयो -कति लाइ सुद्रिने चेतावनी भयो -सोसन नगर्ने /उत्पीडन नगर्ने जनता हरुलाई भनेर -तमासुक चाटने -जलौने -सामंत हरु को जग्गा कब्जा गारी भूमिहीन किसान -मजदूर हरु लाई राख्ने र उनीहरुलाई नै कमौना दिने सामंता हरुको जग्गा तर जनता को चेतना त्यों स्तर सम्मा उठेको थिएन, संगठन दरो भाको थिएन, रेड आर्मी हरु ससकता थियेनन, जनता ले ह्त्या को रूपमा बुझे पंचायति सासन कडा थियो आर्मी पुरै राजा को थियो /बर्ग सत्रु ख़तम अभियान पुर्ब बाट सुरु त भयो तर देश भरी बिसेस पश्चिममा जनता को चेतना को कमी को कारण ले र दमन को कारन ले आन्दोलन सफल हुना सकेन ।नेपालका वामपंथी शक्ति, प्रजातान्त्रिक सक्ती र राष्ट्रवादी शक्तिहरुले जननेता भंडारीबाट सिक्नु पर्ने विषय धेरै छ्न् । उहाँ सिद्धानतमा अडिग हुनुहुन्थ्यो, कार्या निति तय गर्दा जैले पनि जनता र देशको स्वार्थ हेर्नुहुन्थ्यो र आर्थिक रूपमा उहाँ कुनै कुरामा बिबादमा आउनु भएन । त्यत्रो पार्टिको महासचिव जस्तो सक्तिसाली पद ग्रहण गर्दा पनि सामान्य डेरा मा बस्नु हुन्थ्यो । काठमाडौंमा उहाको कुनै घर थिएन । बर्ग विश्लेषण र वर्ग वीचको अन्तार्बिरोध र त्यसको निकास जाती, भाषा, अर्थ, संस्कृति, रितिरिबाज, भेष भुषा सम्बन्धी उहाँको राम्रो अध्ययन थियो । सामन्त, शोसक तथा त्यसलाइ सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुतु हुनुहुन्थ्यो । सादा पोसाक, प्राय कालो भादगाउँले टोपी, सामान्य चस्मा, जाडोमा सस्तो तर सफा जाकेट, प्राय जिल्ला जांदा पैदलै हिडने तथा जनतासँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सक्ने खूवी उहाँमा थियो नै । पहिलो चोटी दशैंमा भूमिगतबाट निस्केपछि सायद २०४८ सालमा मोरंग इतहरामा परिवार संग दशैं मनाउने कार्यक्रम आउँदा सानो् कार्यक्रम माझउहाँले मध्यम बर्गिया किसानहरुको जग्गा कब्जा गर्ने हाम्रो निति होइन । ८ -१० बीगा जग्गा ठुलो परिवारको जग्गा सोस्छ भन्ने भ्रम नराख्नुस् । यी त विरोधीहरुले चलाएका हल्ला मात्र हुन् । हामी एक जना व्यक्तिको नाउँमा भएको ५०० बीघा जग्गा, १००० बिग्गा जग्गा जून उब्जनी नगरी राखेको छ त्यस्ता सामनतहरुको जग्गा हामी निश्चित रूपमा भूमिहीन किसान जसको त्यहि ठाउँमा एक धूर जग्गा छैना उनिहरुलाई निशुल्क बाँड्ने चाँहि निश्चित हो, हाम्रो सत्ता आएपछि भने पछी झापा मोरंग का थुप्रो मद्यम बर्गिय परिवारहरु जो आफ्नो जग्गा लैजन्छ भनेर कम्युनिस्ट नबनेका व्यक्तिहरु अहिले सोही पार्टीको गाउको नेता छ्न् उहाँमा स्पस्ट पार्ने र जनताहरुलाई उनीहरुको मुद्दाको विषयमा छर्लङ हुने गरि गाउँले भाषामा नै भनेर संगठनप्रति आकर्षण गर्ने क्षमतामा उहाँमा अति नै थियो ।
कस्ले गर्यो मदन-आश्रीतको हत्या ?
२०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना गराएर भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताउनुभएको छ । मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भडारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आप्mनो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लेखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्षपहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढंगले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले पुष्पकमल दाहालमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ । स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । दाहाल युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार संगठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयं सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् । माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै संगठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको दाहाल र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो । मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आप्mनै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठूलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्यांकहरूबाट प्रमाणित भइसकेको छ । चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या ०५० सालमा गराइयो भने ठीक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।
प्रतिक्रिया