प्रधानमन्त्री कोइरालालाई ‘अद्भूत बालक’को सानतोना,भने -‘नआत्तिनु,अब देशले काँचुली फेर्ने छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १४:१८

काठमाडौं,३ जेठ । भूकम्प पीडितलाई सहयोग गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ‘अद्भूत बालक’ आदित्य दाहालले प्रधानमन्त्री सुशील कोइरालालाई ‘नआत्तिनु, अब देशले काँचुली फेर्ने छ, तपाईंका ईच्छा पूरा हुनेछन्, पिएमज्यु’ भनेका छन् । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार आदित्यका आमाबुबाले प्रधानमन्त्रीलाई उनका बारे जानकारी दिएका थिए । प्रधानमन्त्रीले भने, ‘मैले थाहा पाएको थिएँ । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिनँ ।’ त्यसपछि आदित्यका पिताले प्रधानमन्त्रीलाई केही सोध्ने मन छ भने सोध्नुस् भने । बोल्न नसक्ने साढे ४ वर्षका आदित्य मानिसहरुलाई उनीहरुकै भाषामा लेखेर जवाफ दिने गर्छन् । उनले डायरीमा बायाँ हातले लेखे– ‘नआत्तिनू । यो अरिष्ट केही समयमा टर्नेछ । अनि मुलुकले काँचुली फेर्नेछ । हजूरका इच्छा पूरा हुने छ । पीएम ज्यू ।’

gooकोइरालाले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस् भन्ने इच्छा रहेको आदित्यलाई बताए । प्रधानमन्त्रीको ईच्छा सुनेपछि आदित्यकी आमाले उनलाई डायरी र कलम दिइन् । आदित्यले जेठ १ गते आफ्नै निवासमा आयोजित सत्संग कार्यक्रममा सन्देश दिदै लेखेका थिए,‘ धर्तीमातासँंग एकतासहितको शान्ति स्थापना गर्नेछौ भनी सपथ खाउँं,प्रतिज्ञा गरौं,अवश्य यो अनिष्ट टर्नेछ,त्रास हट्नेछ,ताण्डव रोकिनेछ ।’ आदित्य निवासमा हरेक शुक्रबार सत्संग कार्यक्रम हुने गर्छ,त्यही क्रममा उनले सन्देश दिने गर्छन । भुकम्प गएको छ दिनपछि १८ गते शुक्रबार आयोजित कार्यक्रमपछि साढे चार वर्षिय बालज्ञानी गुरु आदित्यले लेखे,‘ मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो–धर्म हो । जिम्मेवारी सम्झि पिडितको सेवामा सर्मपित भई लागौ,जुटौ र सहयोग गरौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१