१४ हप्ताको बच्चाले आमाको पेटभित्रै ताली बजाएपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार ११:२१

baby१४ हप्तामा कति दिन हुन्छ ? ९८ दिन । अर्थात् सय दिनभन्दा दुई दिन कम । अझ भनौं जन्मनुभन्दा जन्मनुभन्दा एक सय ७२ दिन अगाडि । आमाको पेटभित्रै जब बच्चाले ताली पिट्न थाल्छ, त्यो पनि आफ्ना बाबुआमाले गाएको गीतको तालमा । यो भन्दा अचम्म के हुनसक्छ ? यस्तै भएको छ । १५ सेकेन्ड लामो यो भिडियोमा १०० दिनभन्दा कमको बच्चा जो जन्मिएको छैन र आमाको पेटभित्रै छ । उसले आफ्ना बाबु आमाले गाएको गीतको तालमा ताली पिटेको स्पष्ट देखिन्छ । अल्ट्रासाउन्ड गरिरहेको बेला बाबुआमाले गाएका थिए, ‘तिमी खुसी छौं भने र तिमीले यो थाहा पाउनेछौं ।’ अथवा इफ यु आर ह्याप्पी एण्ड यु क्नो इट । जेन कार्डिनलले उक्त भिडियो आफ्नो युट्युबमा पोष्ट गरेका छिन् । उनले भनेकी छिन्, ‘यो पल म मेरो जीवनमा कहिले पनि भुल्न नसक्ने एकमात्र त्यस्तो पल हो । बच्चाले तीन पटक ताली पिट्यो । जब हामीले गाइरहेका थियो, डाक्टरले यस्तो देखाइदिए । यो कुनै रहस्य होइन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१