भूकम्प पीडितलाई हानको १५ लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार ११:१६

काठमाडौं,३ जेठ । होटल एसोसिएसन अफ नेपाल (हान)ले भूकम्प पीडितको सहयोगार्थका लागि प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। प्रधानमन्त्री सुशील कोइरालालाई रकम हस्तान्तरण गर्दै एसोसिएसनले पर्यटन उद्योगलाई पुनरुत्थान गर्नका लागि सरकारसित मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

पर्यटन क्षेत्र संकटग्रस्त हुँदा होटल व्यवसायमा पनि संकट पैदा हुने भन्दै एसोसिएसनले पर्यटन परिषदको बैठक बोलाएर पर्यटन व्यवसाय जोगाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ। होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विके श्रेष्ठले पर्यटन बोर्ड तथा नेपाल वायु सेवा निगमा सक्षम नेतृत्व ल्याएर पर्यटन तथा होटल क्षेत्रको पुनरुत्थानमा जोड दिन आग्रह गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१