यस समयमा शंका तथा उप-शंका नगरौं : राजदूत डा.अर्जुन कार्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार ११:०७

अमेरिका,३ जेठ । अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा अर्जुन कार्कीसंग अमेरिकामा आयोजना गरिएको एक अन्तरत्रिया कर्यक्रममा उहाँले हालैको विनासकारी महा-भूकम्प पश्चात नेपाल सरकारले गरेको उद्धार एवं राहत वितरणका कार्यकम बारेमा अवगत गराउनु भएको थियो । कार्यक्रममा मन्तब्य तथा जिज्ञासाको प्रति उत्तर दिदै नव-नियुक्त राजदूत डा.कार्कीले अन्तरराष्ट्रिय समुदायको अद्वितीय सहयोग नेपालले पाई रहेको चर्चा उपचर्चा गर्दै यस समयमा राज्य ,सरकार ,नेता तथा राजनितिक दललाई गालि गलौच ,शंका तथा उप शंका गर्ने हैन भन्दै यो बेला भनेको सहयोग गर्ने बेला रहेको बताउनुभएको थियो । डा.कार्कीले आफु आएको पहिलो दिन नै विदेश मन्त्रि जन केरी ,उप मन्त्रि तथा सहायक मन्त्रि समेतलाई भेट्ने अवसर पाएको चर्चा गर्दै नेपालको स्थिति बारे जानकारी गराएको बताउनु भएको छ ।

arjunआएको दोश्रो दिन नै लिखित रुपमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपीएस) बारेमा पत्राचार गरि सकेको भन्दै आगामी मे १८ तारिख सोमबार राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बुझाउने छु भन्दै त्यहि समयमा अन्य कुराहरु पनि राख्ने जानकारी दिनु भयो । डा.कार्कीले मन्तब्य व्यक्त गर्दै सरकारले भूकम्प पिडितहरुको लागि ३ अर्ब भन्दा ज्यादा खर्च गरि सकेको भन्दै महा भूकम्पले नेपालको राष्ट्रपति समेत पिडित हुनु भएको भन्दै यस्तो समयमा अग्रजहरुले संयम हुनु पर्छ भन्नु भयो  । अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया९नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका०ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१