रसुवा,३ जेठ । भुकम्पले चीन सिमा नजिक रहेको अवरुद्ध रसुवाको रसुवागढी नाका ट्याक खुलाएपनि बेपत्ताको खोजी कार्य भइरहेको छ । भुकम्पका कारण सुख्खा पहिरो गएपछि अवरुद्ध १६ किलोमिटर स्याफ्रु–रसुवागढी सडक खुलाउन र बेपत्ताको खोजी गर्न गत मंगलबारदेखि १ सय ३० जना चीनीया स्वयंसेवक टोली, ६० जना नेपाली सेना, नेपाल प्रहरी, १९ जना सशस्त्र प्रहरी खटिएका छन् ।
स्याफ्रु–रसुवागढी १६ किलोमिटर सडक खण्ड खुलाउन चीनले काठमाडौ हुदै उद्धार टोलीले गत मंगलबार रसुवाको स्याफ्रुबाट र सोही दिन चीनको केरुङहुदै रसुवागढी नाकाबाट सडक खुलाउन लागेको हो । चीनीया उद्धार टोलीले सडक ट्याक खुलेपनि सार्वजनिक सवारी र आवतजावत नगराउन प्रहरीलाई भनेको डिएसपी प्रवीण पोखरेलले बताए । सार्वजनिक सवारीलाई रसुवाको स्याफ्रबेसीबाट जान रोक लगाएको छ । स्याफ्रु–रसुवागढी सडकखण्डमा डाडामाथिबाट ढुंगा खस्न रोकिएको छैन । रसुवागढीमा २२ दिनपछि पुरिएका ४ शव पाइएपनि १६ जनाको खोजी कार्य जारी छ । भुकम्पले अध्यायगमन, स्थानीय साना होटल, रसुवा भन्सार कार्यालय र स्टोर लगायत सबै ध्वस्त छ । त्यस्तै मितेरी पुलसमेत क्षति पुगेको छ ।
प्रतिक्रिया