एजेन्सी । इजिप्टको एक अदालतले अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०११ मा जेल तोडेर भागेको अभियोगमा उनीविरुद्ध जेलसजाय सुनाइएको हो । यसअघि उनले सत्तामा रहदा आफुविरुद्धका प्रदर्शनकारीलाई नियन्त्रणमा लिई यातना दिएको अभियोगमा अदालतले २० बर्षको जेलसजाय सुनाइएको थियो ।
अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएपनि त्यहाँको उच्च धार्मिक नेताले भने अन्तिम रुप दिन बाँकी छ । इजिप्टमा त्यहाँको उच्च धार्मिक नेताले पारित गरेपछि मात्रै अदालतको सजायले अन्तिम रुप पाउने गर्दछ ।
प्रतिक्रिया