राजस्थान रोयल्स आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफको लागि छनौट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १०:४४

कोलकाता नाईट राईडर्सलाई हराँउदै राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफ को लागि छनौट भएको छ । मुम्बईमा गएराती भएको खेलमा पहिले व्यािटङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९९ रन बनायो । राजस्थानका लागि शेन वाट्सनले अविजित १ सय ४ रनको महत्वपुर्ण पारी खेले । जवाफमा २ सय रनको लक्ष्य पछ्याएको कोलकाता नाईट राईडर्सले ९ विकेट गुमाएर १ सय ९० रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि युसुफ पठानले ४४ रन तथा आन्द्रे रसलले ३७ रन जोडे । बलिङतर्फ राजस्थानका क्रिश मोरीसले ४ विकेट लिए । जीतसँगै राजस्थान १४ खेलबाट १६ अंक बटुल्दै प्ले अफको लागि छनौट भयो भने कोलकाता १५ अंकको साथ चौथो स्थानमा समेटियो ।

iplहिजो भएको अर्को खेलमा किङ्स इलेभन पञ्जावलाई ७ विकेटले हराँउदै चेन्नाई सुपर किङ्सले तालिकाको अग्रतालाई बलियो पारेको छ । पहिले व्यािटङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो ।
जवाफमा १ सय ३१ रनको सामान्य चुनौती चेन्नाईले १७ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नाईको जितमा फाफ डु प्लेसीसको ५५ रन तथा सुरेश रैनाको अविजित ४४ रन महत्वपुर्ण रह्यो । आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स तथा सनराईजर्स हैदरावाद र मुम्बई इण्डियन्स भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१