नेपालका भूकम्पपिडीतलाई मनिषाले ५० वटा अस्थायी घर बनाइदिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १०:२८

manishaबैशाख १२ गते र २९ गते गएको भूकम्पबाट घरबार विहिन भएकाहरुलाई नेपालीमुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले अस्थायी घर बनाउने अभियानमा साथ दिने घोषणा गरेकी छिन् । केहि दिन अगाडी नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावित गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरूका साथै युवायुवतीलाई सघाउने घोषणा गरेकी उनले ‘लोकाजित’ नामको एनजिओको पहलमा भारतको नागपुरमा भएको रकम संकलन कार्यक्रममा नेपालमा घरबार बिहिन मानिसका लागि ५० वटा अस्थायी घर निर्माण गर्ने अभियानमा आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । ‘लोकाजित’ नामको एनजिओले पनि नेपालका भूकम्पपिडीतहरुलाई बस्नका लागी करिब ५० वटा भन्दा बढि अस्थायी घर बनाउने बताएको छ । मनिषासँगै बलिउड अभिनेता गुलसन ग्रोभरले पनि यो अभियानलाई साथ दिने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१