जस्तापाता किन्न भूकम्पपीडितलाई सरकारको १५ हजार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १०:००

काठमाडौं,३ जेठ । सरकारले भूकम्प पीडित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्न जस्तापाता खरिदका लागि १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रत्येक परिवारलाई वर्षाअघि नै बसोबासको प्रबन्ध गर्न १५÷१५ हजार रुपैयाँ दिने भएको हो । पीडितलाई सिधै जस्तापाता वितरण गर्दा ढिलो हुने भएपछि नगद नै दिने भएको हो ।

jastapataयस्तै मन्त्रिपरषदले भूकम्पबाट अति प्रभावित जिल्लाको अनुगमनका लागि मन्त्रिहरु नै खटाउने निर्णय गरेको छ । सरकारले जिल्लामा उद्धार, राहत वितरण तथा अस्थायी बसोबासका लागि भैरहेका कामको अनुगमन तथा निर्देशनका लागि मन्त्रि नै पठाउने भएको हो । जिल्लाको अनुगमनका लागि चार चार जनाको टोली बनाएर सभासदहरु पनि जिल्ला गएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१