जिउमा पखेटा हालेर यसरी उडे दुई मानिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार ०९:२२

दुबइका गगनचुम्बी महलहरु माथिको आकाशमा दुइजना मानिसहरु चरा जस्तै गरी उडिरहेका थिए । १२५ माइल प्रतिघण्टाको तिब्र गतिमा उडिरहेका उनीहरुको जिउमा विमानको जस्तै इन्जिनयुक्त पखेटाहरु जडान गरिएका थिए ।निकै अनौठो तथा डरलाग्दो यस्तो साहसी कार्य गर्नेहरु स्विजरल्याण्डका लडाकु जहाजका पूर्व पाइलट एभ्स रोसी र उनका फ्रेन्च सहकर्मी भाइन रेफेट हुन् । एभ्स रोसी जेटम्यानको नामले पनि परिचित छन् ।दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए ।उनीहरुले आफ्नो उडानका क्रममा एकअर्कामा खुट्टा जोडाएर गोलाकार आकृति समेत बनाए । उनीहरुको साहसिक उडानका क्रममा तयार गरिएको भिडियोमा दुबैजनाले दुबइ आफुहरुको क्रेजी खेलमैदान भएको बताएका छन् ।jet

प्रतिक्रिया