बाँकेका बाढीपीडित किसानहरुलाई निःशुल्क बिउ वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार १६:४८

bakeबांके,१ जेठ । बाँकेमा बाढीपीडित किसानहरुका लागि निःशुल्क बिउ वितरण शुरु गरिएको छ । जिल्लाका २३ गाविसका ८ हजार ८४ घरपरिवारलाई विभिन्न जातका १ सय १० मेट्रिक टन विउ वितरण शुरु गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र प्रधानका अनुसार, उन्नत जातका धानका राधा चार, सावित्री, त्यसैगरी मकै र तरकारीका विउ वितरणको काम चलिरहेको छ । प्रत्येक बाढीपीडित परिवारलाई दुई दुई वटा केराका बोट पनि उपलब्ध गराईनेछ ।

यसैगरी माछा पालन गर्ने किसानहरुका लागि निःशुल्करुपमा भुरा उपलब्ध गराईने पनि कार्यालय प्रमुख प्रधानले वताउनुभयो । सिंचाई सुविधाका लागि ३२ जना किसानलाई सोलारवत्ती दिने तयारी पनि गरिएको छ । गत साउनमा आएको बाढीले जिल्लाको ४ हजार ५ सय ४१ हेक्टर बढी खेतीयोग्य जमिनमा नोक्सानी पु¥याएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१