आज गएको भूकम्पबाट धादिङमा ३२ जना घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार १६:०५

काठमाडौं,१ जेठ । बैशाख १२ गते देखी नेपालमा गइरहेको भूकम्पले यति बेला देशनै आतकिंत बनिरहेको छ । बेला बेलामा गइरहेको भूकम्पको धक्काले एकातिर जनजीवन अस्तव्यस्त बनेको छ भने प्राय अधिकाशं व्यक्तिहरुको पालमूनीको बास भएको छ । त्यहि क्रममा आज शुक्रबार बिहान धादिङलाई केन्द्रविन्दु बनाएर गएको ५.५ रेक्टर स्केलको भूकम्पका कारण धादिङमा ३२ जना घाइते भएका छन् । केहि बेर अधिमात्र प्राप्त भएको जानकारी अनुसार बिहान ७ बजेर २७ मिनेटमा गएको भूकम्पका कारण घाइते भएकाहरुको सदरमुकाम धादिङबेशी स्थित जिल्ला अस्पलातमा उपचार गराइएको छ । उपचारपछि केही घर फर्किएको र केही उपचार गराईरहेको अस्पतालले जनाएको छ । भूकम्पबाट धादिङको धुँवाकोट, सेमजोङ र खरी गाविसमा एक–एक जना तथा नीलकण्ठ नगरपालिकामा २९ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । भूकम्पले सबैभन्दा सदरमुकाम धादिङबेसीलगायतका क्षेत्रमा प्रभाव पारेको छ । त्यस्तैं गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ४सय ६० पुगेको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण १ सय १७ जनाको मृत्यु भएको छ । हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये ४ हजार ५ सय ७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० सय जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मृतकमध्ये हालसम्म आठ हजार ३ सय ९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१