काठमाडौं १ जेठ । शनिबार गएको विनाशकारी भूकम्पबाट काठमाडौं पूर्वी क्षेत्र, नुवाकोटको अति प्रभावित क्षेत्र बेलकोट तथा गणेस्थान गाविसका करिब ४०० परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
world without suffering organization ,wws तथा एभी न्युज टेलिभिजनको सहकार्यमा राहत सामाग्री वितरण गरेको सत्यमान लामाले जानकारी दिनुभयो ।
पीडित प्रत्येक परिवारलाई १ बोरा चामल, १ प्योकट नुन, १ प्याकेट तेल, त्रिपाल, विस्कुत, चाउचाउ,लगायतका सामाग्री प्रदान गरिएको लामाले बताए ।
राहत वितरण कार्यक्रममा ताइवानी नागरिकहरुको पनि सहभागिता रहेको थियो ।
भिडियो सहित
प्रतिक्रिया