काठमाडौं,१ जेठ । विनासकारी भुकम्पपछिका पराकम्पनहरु अझै सम्मपनि रोकिन सकेका छैन् । अहिले भर्खर २ बजेर ८ मिनट जाँंदा नुवाकोटको सिमा नजिक काठमाडौं केन्द्रबिन्दु भएर भुकम्पको सानो धक्का गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार नुवाकोटको सिमानजिक काठमाडौं जिल्ला केन्द्र बिन्दु भएको ४ रेक्टोस्केलभन्दा सानो रक्टोस्केलको भुकम्प गएको हो । नजिक केन्द्र विन्दु भएकाले धक्का महसुस भए पनि निकै सानो भुकम्प गएको केन्द्रका एक विज्ञले बताए । आज अन्य चार रेक्टोस्केलमाथिका चार वटा भुकम्पका धक्का गएका छन् । बिहान ७ बजेर २७ मिनट जाँंदा ५ दशमलव ५ रेक्टोस्केलको भुकम्प जाँंदा कतिपय नागरिक त्रसित भएर खुला स्थानमा निस्केका थिए । भकम्पविद्हरुले यसलाई स्वाभाविक र सामान्य पराकम्पनको रुपमा लिनु पर्ने बताएका छन् । बिहान १० बजेर ५१ मिनट जाँंदा पनि धादिङ नै केन्द्र बिन्दु भएको ४ रेक्टोस्केलको भुकम्प गएको थियो । राती ४ बजेर ६ मिनट तथा ३ बजेर ३८ मिनट जाँंदा पनि दुई वटा पराकम्पन गएका थिए ।
प्रतिक्रिया