हराएको अमेरिकी सेनाको हेलिकोप्टर भेटियो,दुर्घटनाग्रस्त अवस्थामा फेला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार १२:४६

काठमाडौं,१ जेठ । वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा हराएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकको उत्तर पश्चिम घोर्थली भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नीयले दिएको सूचनाका आधारमा नेपाली सेनाको विशेष टोलीले केहीेबेर अघि कालिञ्चोक भन्दा उत्तरतर्फको पहाडी क्षेत्रस्थित हिले डाँडा भन्ने स्थानमा हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको सैनिक स्रोतले जनाएको छ । हेलिकप्टर दुर्घटनागस्त क्षेत्रमा काठमाण्डौबाट नेपाली सेनाको थप टोली जादै छ ।

amirikगत मंगलवार भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागी गएको अमेरिकी सेनाको सो हेलिकप्टरमा नेपाली सेनाका एक जना क्याप्टेन, जमदार र ४ जना अमेरिकी सैनिक सवार रहेको सैनिक स्रोतले जनाएको छ । सो हेलिकप्टर शुक्रबार फेला परेको रक्षा सचिव इश्वरी पौडेलले बताए । काठमाडौंबाट ६५ किलोमिटर टाढा रहेको दोलखाको घोर्थली-३ मा सो हेलिकप्टर भेटिएको हो । हेलिकप्टरमा रहेका तीनजनाको शव देखिएको त्यहाँ उद्धारमा खटिएको नेपाली सेनाको इक्यु रेल नामको हेलिकप्टरले त्रिभुवन विमानस्थलमा रहेको टावरलाई जानकारी गराएको छ । उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए । बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१