‘आइएस’का दोस्रो ठूलो नेता मारिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार १२:३२

islamikअमेरिकी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा इस्लामिक आतंकवादी समूह ‘आइएस’का दोस्रो ठूलो नेता मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकमा आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुल रहमान मुस्तफा मोहम्मद अमेरिकी कारवाहीमा मारिएका हुन् । उत्तरी इराकको अल अफर मस्जिदलाई लक्षित गरी गरिएको आक्रमणमा मुस्तफा मारिएको बताइएको छ । इराक र सिरियामा भइरहेको आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुलकै कमान्डमा आइएसको कब्जामा रहेका सयौं व्यक्तिको हत्या हुने गरेको थियो । उनीबारे जानकारी दिनेलाई अमेरिकी विदेश मन्त्रालयले ७० लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१