रोनाल्डोले गरेका छैनन् नेपाललाई सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार ११:४५

म्याड्रिड, १ जेठ । पोर्चुगल सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले महाभूकम्प पीडित नेपालीलाई कुनै नगद सहयोग नगरेको सेभ द चिल्ड्रेन जनाएको छ । वैशाख १२ को महाभुकम्पसँगैं रियल म्याड्रिडका स्टार रोनाल्डोले भूकम्प पीडित नेपालीलाई सहयोगस्वरुप ७० लाख युरो सेभ द चिल्डेनलाई दिएको खबर फ्रान्सेली स्पोर्ट्स म्यागजिन सो फुटलाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको थियो । सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै्र स्थान दिएका थिए । तर रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि प्रतिक्रिया दिएको थिएन ।

nepalगार्जियनले बिहीबार जनाएनुसार सेभ द चिल्ड्रेनले रोनाल्डोको नगद सहयोग गरेकोमा कुनै सत्यता नभएको जनाएको छ । सेभ द चिल्ड्रेनका ग्लोबल एम्बासडर रोनाल्डोले मौखिक रुपमा भने विश्व भरीका प्रभावित बालबालिका विशेष गरी नेपालको भुकम्पबाट प्रभावित बाल बालिकाको सहयोगका बारेमा आवाज उठाएका थिए । गत हप्ताको स्पेनिस लिगका खेलहरुमा अधिकांश टोलीलेटनेलबाट हडल्ससम्म पुग्दा नेपाललाई सहयोग गरौंको जर्सी लगाएर युनिसेफमार्फत सहयोगका अपिल गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१