अमेरिकी सेनाको हेलिकोप्टर भेटिएको आशंका,स्थानिय भन्छन् -‘हेलिकोप्टरको दुईओटा पखेटा देखियो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार ११:३९

काठमाडौं,१ जेठ । गएको मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर भेटिएको भन्ने अपुष्ट जानकारी प्राप्त भएपछि यति बेला नेपाली सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकतर्फ उडेको छ । केहि बेर अघि मात्र हराइरहेको हेलिकोप्टर भेटिएको भन्ने खबर बाहिरिएपछि नेपाली सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकतर्फ उडेको हो । हामीलाई स्रोतले बताए अनुसार स्थानियहरुले उक्त हराइरहेको हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनिएपछि सेनाको हेलिकोप्टर त्यसतर्फ उडिसकेको छ। उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए।

afबुधबार र बिहीबार दिनभर आकाश र जमिनमा विशेष अप्रशेन गर्दा पनि विमानको अवस्थाबारे केहीसंकेत फेला परेको थिएन। बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो । ११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ । तीन दिनसम्म पनि कुनै सिग्नल फेला नपरेपछि हेलिकोप्टर सुरक्षित भेटिने आस अब लगभग सकिएको ब्रिफिङ सर्च अप्रेशनमा सहभागी टोलीले बिहीबार बेलुका दिएको थियो। वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा अमेरिकी सेनाको हेलिकोप्टर सम्पर्कबिहिन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१