काठमाडौं,१ जेठ । गत मंगलवारदेखी सम्पर्कविहिन अमेरिकी सेनाको हेलिकप्टर खोजीका लागी आज पनि हवाई तथा स्थलगत रुपमा नेपाली सेना र अमेरिकी सेना परिचालन गरिएको छ । दुई वटा अमेरिकी र दुई वटा नेपाली सेनाको हेलिकप्टरले बिहानैदेखी दोलखाको सुनखानी, कालिञ्चोक क्षेत्रमा खोजी तीव्र पारेको सैनिक स्रोतले जनाएको छ । अमेरिकी सेनाले दुरविनको सहायताले आकाशबाट खोजी गरिरहेपनि नेपाली सेनाले सम्भावित क्षेत्रमा स्थलगत रुपमा समेत खोजी गरिरहेको छ ।
दुर्घटना भएको हुन सक्ने आशंकामा कालिञ्चोक र सुनखानी आसपासको खोच भएको स्थानलाई लक्षित गरि खोजी भइरहेको बताइएको छ । सुनखानी र कालिञ्चोकका स्थानीयले ठुलो आवाजसहित डाँडामाथि असन्तुलित रुपमा हेलिकप्टर उडेको बताएका छन् । भूकम्प पिडितको राहत तथा उद्धारका लागी समेत हेलिकप्टर समेत गरि झण्डै दैनिक ५ देखि ८ वटासम्म हेलिकप्टर खोजी कार्यमा जुटेको सैनिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया