खानेकुरा देखी औषधीसम्म ठगी गर्ने ६ जना थुनामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७२, शुक्रबार १०:०५

काठमाडौं, १ जेठ । विपदको बेला ठगी गर्ने ६ जना थुनामा परेका छन् । पानीजन्य, औषधीजन्य र अरु खानेकुरामा ठगी गर्ने ६ जनालाई थुनामा राखिएको वणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । विपदमा साथ र सहयोग गर्नुको साटो उल्टै ठगी गरेको भन्दै ६ जनालाई थुनामा पठाएको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताउनुभयो ।

उहाँले कहीँ कतै ठगी गरेको पाईए तुरुन्त खबर गर्न पनि आग्रह गर्नु भएको छ । उपभोक्ताले खबर गर्नासाथ तत्काल अनुगमनमा जाने र दोषीलाई तत्काल ठाउँको ठाउँ कारबाही गर्ने निर्देशक बेल्वासेले बताउनुभयो । ठगीका बारे उपभोक्ताले पैसा नपर्ने नम्बर पर्ने १६६००१३१ ०४४ मा सम्पर्क गर्न सक्ने सरकारले जनाएको छ ।
अहिले दैनिक उपभोग्य सामाग्रीसँगै त्रिपाल लगायतका राहतका सामान पनि पहुँच हुनेले लैजाने र त्यहि सामाग्री पनि महंगोमा बेच्ने गरेको पाईएको छ । स्थानीय तहसम्म संयन्त्र नहुँदा पाउनेले पाएको पाएकै छन् भने पीडितहरुले एउटा पनि पाउन नसकेको गुनासा आइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१